नियम १०
राजस्व लेखा अद्यावधिक गरी राख्ने
प्रत्येक कार्यालयले अर्थ मन्त्रालयबाट स्वीकृत राजस्व वर्गीकरणको व्याख्या अनुरूप लगती तथा हसबली राजस्व आम्दानी दाखिला गरी नियम ९ बमोजिम आम्दानी जनाउँदा दोहोरो स्रेस्ता प्रणाली अनुसार राजस्व स्रेस्ताको लागि महालेखा परीक्षकको कार्यालयबाट तोकिएको ढाँचामा लेखा अद्यावधिक गरी राख्नु पर्नेछ र लेखामा भिड्ने प्रमाणित कागजातहरू पनि सिलसिलाबद्ध तरिकाले राख्नु पर्नेछ ।